kumari
stcnepal

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा जानु भएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

उहाँलाई परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो । मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो । उहाँ आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।

footer