kumari
stcnepal

प्रजातन्त्रपन्थी र वामपन्थीको हामपन्थी चरित्र, हजम भएन

 

राजन कार्की
दिल्लीको हाजमोला खाएपछि जे जे भेटिन्छ, हाम गरे हुन्छ, हजम हुन्छ भन्ने भाष्य बहुदलकाल, जनयुद्धकाल, जनआन्दोलनकाल र त्यसपछिको १८ वर्षपछि पनि कायमै छ ।
नेपालीलाई थाहा छ, नेता हामपन्थी हुन् । कुनै पनि पार्टी प्रजातन्त्रपन्थी वा सर्वहारापन्थी छैनन्, सबै हामपन्थी हुन् । यसरी थाहा भए पनि तिनैलाई पटक पटक चुनावमा जिताउने जनता खराव हुन् कि जनतालाई कनिका छरेजसरी चुनावमा मासुभात, पैसा छर्ने चुनाव जित्ने, फेरि फेरि हामपन्थी हुने लोकतान्त्रिक लूटतन्त्रमा हामपन्थी सत्ता राजनीति खूब हल्केको छ ।
जनता निर्णायक शक्ति हुन् । निर्णायक शक्तिलाई विभाजित गरेर जुन चलाखीले नेताहरुले हामपन्थी राजनीतिक व्यापार चलाइरहेका छन्, यो व्यापारले नेता र तिनका परिवार त सम्पन्न भए, देश र जनता कङ्गाल बनिरहेका छन् ।
देशको अस्तित्वको प्रश्न उठ्न थालिसक्यो । अझै जनतामा चेत छ, विवेकको बिर्को खुलेको छैन ।
राजनीति भनको समाजलाई सभ्यमार्गमा डो¥याउने यन्त्र हो । तर नेपालमा राजनीति लुटलाट, ठगठाग गर्ने प्रविधि बन्यो ।
चारू मजुमदार लजाउने नेपाली कम्युनिष्टहरू
चीन, क्यूवा, भियतनाम, नर्थकोरिया, भेनेज्वेला नेपाली कम्युनिष्टहरूलाई कम्युनिष्ट भन्न नसक्ने अवस्थामा छन् । आफूलाई माक्र्सवादी ठान्ने कम्युनिष्ट हुन् कि समाजवादी मान्ने प्रजातन्त्रवादी हुन्, यी सबै महान नेताहरुका लागि कालो कलङ्कभन्दा कम रहेनन् ।
भनिन्छ, विवेक प्रजातन्त्रको मुटु हो । गरीबी कम्युनिजमका लागि उर्बर शक्ति हो । नेपालमा विवेक मरेको अवस्था छ, कम्युनिष्ट शिक्षा, स्वास्थ्य, आधारभूत अन्य जनआवश्यकतामाथि अधिकतम शोषण गरेर कम्युन्यालिष्ट बन्न पुगेका छन् ।
बहुदल स्थापना भएको ४ वर्षमै १० वर्षे जनयुद्धमा वामपन्थीले गरीबहरूलाई बन्दुक बोकाए, ०६२–६३ सालको जनआन्दोलनमा पनि वामपन्थी नै हावी भए । राजतन्त्रको अन्त्य, हिन्दुधर्मको बिनास, लोकतन्त्रको नाममा लूटतन्त्र चलाउन कम्युनिष्टहरू अग्रपङ्तिमा देखिए । बहुदलपछिको ३४ वर्ष र लोकतन्त्रको १८ वर्ष कम्युनिष्टकै जाज्वल्यमान समय थियो । यो समयमा कम्युनिष्टले आफूले आफैलाई नवसामन्तवादको बादशाह नै साबित गरिसकेका छन् । सधैं एकताको कुरा गर्ने, दर्जनौं टुक्रामा बिभक्त हुनुको मुख्य कारण नै कम्युनिष्टभित्र कम्युन्यालिजमको ऐंजेरु लाग्नाले हो ।
प्रजातन्त्रवादी र वामपन्थीमा हामपन्थी चरित्रको बोलवाला भएकैले शासन प्रशासन, न्याय, सुरक्षामा समेत राजनीतिकरण भएको छ । सर्बत्र पार्टीको आदेश र निर्देशनमा बढी चल्ने गरेको छ । लोकतन्त्र टिनमा लेखिएको साइनबोर्डमा सिमित हुनपुगेको छ ।
२०५२ सालमा सुरू भएको जनयुद्ध १० वर्ष चल्यो । जनयुद्ध हाँक्ने कमाण्ड, हाइकमाण्डले १८ वर्ष राजनीतिको निर्णायक बन्न भ्याए । जनयुद्धको जरोकिलो केही पनि बाँकी छैन यतिबेला । आफू र आफन्तलाई राज्यकोष लुटाउन जनयुद्ध थियो र ? न त बहुदल अथवा लोकतान्त्रिक परिवर्तनपछि यस्ता लुटेरा कम्युनिष्टको झोला बोकेर हिड्नु प्रजातन्त्र थियो ।
कम्युनिष्टले बिर्सिए– नक्सलवाडीका कम्युनिष्ट नेता चारू मजुमदारले कार्यकर्ताले पुँजीवादी चोला फेरे भनेर रूखमा झुण्डिएर मर्नुप¥यो । चीनका राष्ट्रपति सीजिन पिङले खुला अर्थनीति अँगालेर चीनलाई विश्वशक्ति त बनाए, तिनै सीजिन पिङले नेताका सम्पत्ति सबै राष्ट्रको हुने घोषणा गरेका छन् र बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट सपनामा भुलाउने गफ हो, राष्ट्रवाद बलियो पार्ने अभियान होइन । कम्युनिष्ट अविश्वसनीय छन् । आफूले आफैलाई अविश्वसनीय बनाए ।
हुन त जनआन्दोलनकै बलमा अवैध रुपमा गणतन्त्र कार्यान्वयन भएको घोषणा गरियो । गणतन्त्र कार्यान्वयन प्रस्ताव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा पेश गर्न सकेनन्, उनले खेताला पठाए कृष्णप्रसाद सिटौलालाई जो चुनाव हारेका कांग्रेसी थिए ।
भन्नलाई्, विधिसंगत गणतन्त्र कार्यान्वयन भयो भनिन्छ । संविधान पनि निर्माण भयो । ०६४ सालको बहुमतको माओवादी ३२ सिटे हुनपुगेको छ । ढाडमा टेकेर टाउकोमा हान्ने र लुकेर हिर्काउने रातो कितावका घोकन्ते कम्युनिष्टहरू शनैः शनैः ओह्रालोयात्रामा छन् । संगठन बलियो पार्न सकेको कारण एमाले होसमा छ, बाँकी पार्टीहरू बेहोसमा छन् । यद्यपि कम्युनिष्टहरू कम्युन्यालिष्ट बनेर बदनाम छन् । वीपीको अवसान र गिरिजाप्रसादको राष्ट्रपति बन्ने महत्वाकांक्षापछि कांग्रेस कम्युनिष्टको पिछलग्गु बन्नपुग्यो । आजसम्म पनि कांग्रेसको विवेकशून्यतामाथि कम्युनिष्टले घिरिङ खेलिरहेको देखिन्छ ।
जनयुद्धकालमा शक्ति बन्दुकको नालबाट निस्कन्छ, संसद भनेको बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टले स्थानीयदेखि राष्ट्रियतहसम्म एकछत्र शासन गरिरहेका छन् । २०१५ सालको चुनावमा ४ सिटे कम्युनिष्टहरू गुट फुटमा भए पनि अझै प्रभावशाली नै देखिन्छन् । यो सबै गरीबीका कारणले हो । सत्यको चेतना छ, गरीबीका कारण जनता कम्युनिष्ट पार्टीका लहरमा गाँसिन छाडेका छैनन् । प्रजातन्त्रवादी जनता नेताको पानीमरुवा चाल देखेर चकित र थकित हुनथालेका छन् ।
विश्व जगत नेपालमा छ । तिनको लगानी पनि रहेको छ । तथापि लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित, कम्युनिष्टको दबदबा । यो आश्चर्यको परिदृश्य हो । नेपालको कम्युनिष्टतन्त्रको निरन्तरता देखेर सारा विश्व चकित त भयो, यो चमत्कारमा नागरिकले पटक पटक समर्थनको पञ्जाछाप पनि लगाइदिएका छन् । यो लोकतन्त्रका लागि थियो, अधिनायकवादका लागि पञ्जाछाप थिएन । नागरिकदेखि सिङ्गो विश्व नेपालको कम्युनिष्ट शासनलाई चीलका नजरले हेरिरहेका छन् । कम्युनिष्टले लोकतन्त्रका नाममा निरंकूशता, परिवारवाद कति चलाइरहलान् ? हुन त व्यवहारमा को छ कम्युनिष्ट, के छ कम्युनिष्ट ? यसकारण पनि प्रजातन्त्रवादी मुलुकहरु चरालाई चारो हालेजसरी चारो हाल्दै स्वार्थी नेताहरुसँग आफ्नो स्वार्थ पूरा गराइरहेका हुनसक्छन् ।
नेपाली प्रजातन्त्रवादी र कम्युनिष्टहरू जुकाको जस्तो भ्रष्टाचारी पित्ले, घ्याम्पे भुँडीवाल बनेका छन् । एनजीओदेखि बैंकरसम्म, स्कूलेदेखि युनिभर्सिटीसम्म, स्वास्थ्यदेखि जलस्रोतसम्म, सञ्चारदेखि सेयरबजारसम्म, राज्य र समाजका सबै सञ्जालहरूमा कुनै खन्चुवा, भ्रष्ट, दलाल, पदीय दुरूपयोग गर्ने र नीतिगत भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ भने सयमा ६० प्रतिशत कम्युनिष्ट, ४० प्रतिशत प्रजातन्त्रपन्थी नामधारीहरु छन् । यी दुबै खेमा राज्यदोहन, सुनतस्करीदेखि माफियासम्म, डन र दस्ता खडा गरेर कमाउ अभियानमा लागेका र कुनियत, अस्लिल कृयाकलापमा जोडिन पुगेका छन् । यिनको नीति काले काले मिलेर खाउँ भाले रहेको प्रष्टै देखिन्छ । दण्डहीन र भ्रष्ट मुलुक भनेर नेपाललाई बदनाम गराउने तत्व यिनै हुन् ।
कांग्रेस त त्यसै पनि भ्रष्ट तत्व हो । कम्युनिष्ट नेताको अनुहार र तिनको रहनसहन हेर्दा लाग्छ, नेपालका कम्युनिष्ट करोडीमल हुन्, अरवका शेख हुन् । करोडीमल र शेखको सोच राष्ट्रिय गौरव, गरीव, किसान, मजदुर, महिला, सिमान्तकृत बर्ग, दलिततिर होइन, स्वार्थ र सत्तामा बढी हुनेगर्छ । जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । यी कम्युनिष्ट करोडीमल, शेखहरूले राज्यसँग १ सय २६ जातिलाई जोड्ने होइन, यिनलाई फोडेर यिनको हक खोस्ने, भोट बैंक निर्माण गर्नतिर नै लागिरहेको देखिन्छ । कांग्रेस हुन् कि कम्युनिष्ट भ्रम छर्न खप्पीस छन् । मेलम्ची ल्याएर राजधानीलाई दिनको ३ पल्ट धोइदिनेदेखि पानीजहाज, हावाबाट विजुली, १० वर्षमा देशै स्वर्ग बनाउने कुरा । समानता र समृद्धिका कुरा । यिनका समाजविरोधी चाला बुझ्नेहरू भन्छन्– अलि हजम भएन है ।
सधैंको बखेडा, सधैंको एकदोस्रालाई खुइल्याउने कुरा, जनताको आँखामा भ्रम छ¥यो, स्वार्थसिद्ध पा¥यो । कुनै पार्टी वा नेता नीतिमा अडेनन्, जनविरोधी काम ग¥यो, आफैमा बिभाजन भयो, स्वार्थ मिल्नेभए हातेमालो ग¥यो । कांग्रेस वा अन्य लोकतन्त्रवादी पार्टीको स्वार्थी र अवसरवादी राजनीति यही हो ।
पद्धति, प्रणालीले अवस्थाको सुधार गरेन ।
अवस्था सुधार्न अव अर्को परिवर्तन जरुरी भयो ।

footer