kumari
stcnepal

आँबुखैरेनी बस दूर्घटना परेका १८ जनाको शव निकालियो

काठमाडौँ । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् ।

उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित होटेल स्पोर्टस‍्मा २ दिन बसेकाे होटेलका सञ्चालक काशी पाण्डेले जानकारी दिए । उनीहरू काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।

footer