kumari
stcnepal

कांग्रेसका हिन्दुवादी नेता शंकर भण्डारी सहितका नेताले सभापति देउवालाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानद्धारा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

जारी केन्द्रीय कार्य समितिको बैठकको पूर्वसन्ध्यामा महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा गएको कांग्रेसका नेताहरुको टोलीले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गर्नुपर्नेमा गरिएको छ ।ज्ञापन पत्रमा संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन राष्ट्र (हिन्दू) घोषणा गर्न माग गर्दै पार्टी भित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्य स्मरण गराइएको छ ।

त्यस्तै, ज्ञापन पत्रमा नेपाली काँग्रेसको नवलपरासीको त्रिवेणी धाममा बसेको महासमिति वैठक, ५ वर्ष पहिले काठमाडौंमा सम्पन्न महासमिति वैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति वैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षर सहित गरेको मागलाई समेत स्मरण गराईएको छ । ज्ञापन पत्रमा वैदिक सनातन हिन्दूराष्ट स्थापनाको एजेण्डालाई संविधान संशोधनको एजेण्डा बनाउन माग समेत गरिएको छ ।

footer