kumari
stcnepal

साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटान बीच खेल हुने

साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटान विरुद्ध खेल्ने भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुङ्गो लागेको हो।

मालदिभ्सविरुद्ध इन्ज्युरी समयमा किपगेनले गरेको गोल नै भारतीय युवा टोलीका लागि निर्णायक बन्यो। निर्धारित ९० मिनेटमा भारतलाई गोलरहित बराबरीमा रोकेको मालदिभ्सले इन्ज्युरी समयमा भने गोल खान पुग्यो।

लगातार दोस्रो हार व्यहोरेसँगै मालदिभ्स भने समुह चरणबाटै बाहिरिएको छ। दुई खेलमा जित निकालेको भारत ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो। एक खेलमा जित निकालेको भुटान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ।

footer