kumari
stcnepal

भारतीय वायुसेवाको विमानमा २५ मृतकको शव भारत लगियो, २ वटा शव स्थलमार्गबाट लगियो

हिजो बिहान तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत लगिएको छ । आज अपरान्ह भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको विमानमा राखेर मृतक २७ मध्ये २५ को शव मुम्बई लगिएको छ ।

भरतपुर अस्पतालमा पोस्टमार्टम सकाएपछि भारतीय वायुसेनाको कल साइन केसी ३८१० विमान हिजो दुर्घटनामा मृत्यु भएका भारतीयहरुको शव बोकेर ५ बजे मुम्बइतर्फ प्रस्थान गरेको बताइन्छ । शव बुझ्न भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से चितवन पुगेकी हुन् । उक्त विमानबाटै राज्यमन्त्री खड्से पनि मुम्बइ फर्किएकी छन् । बाँकी दुई वटा शव स्थलमार्गबाट सुनौली नाका हुँदै गोरखपुर लगिएको छ ।

दुर्घटनाका घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिहान काठमाडौं आइपुगेपछि भारतीय राज्यमन्त्रीले घाइतेहरुलाई अस्पतालमा भेटेकी थिइन् ।

footer