kumari
stcnepal

रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परि २ जनाको निधन, ११ जना बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा शैलुङमा पहिरोले ठूलो क्षति गरेको छ ।

शनिवार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए ।यस्तै ११ जना बेपत्ता भएको आशङ्का गरिएको छ ।

पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो । पहिरोमा ४ वटा घर बगाएको छ । यस्तै एउटा पक्की पुल पनि बगाएको छ । उनले भने, ‘पहिरोले ठूलो क्षति गरेको छ । ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ । अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको छ ।’ घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ ।

footer