kumari
stcnepal

पाकिस्तानले नेपाल लगायत १२६ मुलुकका नागरिकलाई नि : शुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपाल लगायत विश्वका एक सय २६ मुलुुकलाई भिसा निःशुल्क दिने निर्णय गरेको छ । साथै, २४ घण्टाभित्र इ–भिसा उपलब्ध गराइने बताएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हास्मीले सामाजिक सञ्जालमार्फत् गराएको जानकारीमा पाकिस्तानले भिसा नीतिमा आवश्यक लचकता अपनाउँदै अनलाइन भिसा पोर्टल प्रारम्भ गरेको उल्लेख छ । अबदेखि पाकिस्तानले नेपाललगायत विश्वका एक सय २६ मुलुकका नागरिकलाई तत्काल निःशुल्क भिसा उपलब्ध गराउने भएको हो ।

पाकिस्तानले पर्यटनलाई टेवा दिन पछिल्लो निर्णय गरेको बताइएको छ । पर्यटक र व्यवसायीहरुले अनलाइन मार्फत् आवेदन गरेमा २४ घण्टाभित्र निःशुल्क भिसा पाउने जनाइएको छ ।

 

footer