kumari
stcnepal

ओमानका विदेशमन्त्री भोली नेपाल आउँने

ओमानका विदेशमन्त्री शाहिद बदरबिन हमाद बिन हमुद अल्बुसैदी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा ओमानी विदेशमन्त्री भोलि नेपाल आइपुग्ने कार्यक्रम छ ।

सो क्रममा दुबै मुलुकका परराष्ट्रमन्त्रीबीच भेटवार्ता हुनेछ । त्यस्तै, ओमानी विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने बताइएको छ । अन्य सरकारी अधिकारीहरुसँगको भेटपछि उनी पर्सि स्वदेश फर्कने छन् ।

footer