kumari
stcnepal

नेकपा एसको कुनै भबिष्य छैन भन्दै एमालेमा फर्किए कोशी प्रदेशका चर्चित नेता तथा कार्यकर्ता

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन ।

माधव नेपाल नेतृत्वको नेकपा एसबाट मुलुक र कम्युनिष्ट आन्दोलनको हित रक्षा हुन नसक्ने निर्णयमा पुगेको भन्दै नेताहरु एमाले प्रवेश गरेका हुन । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सदस्यसहित ६७ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन ।

एकीकृत समाजवादीका कोशी प्रदेश सदस्यद्वय राजेन्द्र दाहाल, मणि भण्डारीसहितका जिल्ला, पालिका र जनसंगठनका ६७ जना नेता–कार्यकर्ता एमालेमा फर्किनुभएको हो । नवप्रवेसी नेताहरुले अव पनि नेकपा एसमा रहेर आफ्नो जीवन बर्वाद बनाउने काम नगर्न सवैलाई अपिल गरेको छन ।

footer