kumari
stcnepal

मर्स्याङदी नदीमा खसेको भारतीय बस नदीबाट निकालियो

काठमाडौं । गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खुलेको छ ।

बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिए । उनका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ । अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध संचालन भइरहेका छन् । यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो ।

निर्धारित समयमा बस निकाल्न नसकेपछि सवारी साधन लामो जाममा परेका थिए । गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने १६ जना घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ।

footer