kumari
stcnepal

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्य र राप्रपा नेताहरूको ठूलो जमातका बीचमा कमल थापद्धारा लिखित पुस्तक विमोचन

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको पुस्तक ‘नाकाबन्दी र भूराजनीति, कूटनीतिमा मेरो अनुभव र अनुभूति’ विमोचन गरिएको छ । तिलगंगास्थित होटल आनन्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा थापाद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको छ ।

राप्रपाका पूर्व अध्यक्ष पशुपति समशेर राणा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, उपाध्यक्ष ध्रुव प्रधान, मकवानपुरका सांसद दीपक सिंहलगायत धेरै जनाको उपस्थिति रहेको बताइन्छ । पुस्तक संवद्र्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।

footer