kumari
stcnepal

टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरू बिरूद्ध आज लाग्यो मुर्दावाद नारा

काठमाडौं । काठमाडौंको टुंडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको छ ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको हो । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थित हुनुहुन्थ्यो । मुर्दावादको नारा लागेपछि कार्यक्रममा सहभागी काँग्रेस सभापति शेरबहादुर देउवा रिसाउनु भएको छ । उहाँले युवाहरूलाई बदमासहरू भन्दै गाली गरेका हुन् ।

देउवाले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि झनै नारावाजी भएको थियो । नारावाजीपछि देउवाले भन्नुभयो, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस् । ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! अर्काको कार्यक्रम बिथोल्नेरु लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलन ? यही कुरा सिकेर आएको हो ? बदमासहरू !,’।

footer