kumari
stcnepal

आज विराटनगरमा राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा सार्वजनिक विदा

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो । विराटनगरको रथयात्रामा हजारौंको सहभागिता हुन्छ । विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा रहेको दाबी गरिन्छ । पहिलो भने भारतको जगन्नाथपुरीको रथलाई मानिन्छ । मिंगलबार दिउँसो साढे ३ बजे मन्दिरबाट निकालिने रथ तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ९ किलोमिटर यात्रा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । संघीय सरकारले दिएका सार्वजनिक बिदाबाहेक प्रदेशलाई ६ वटा थप बिदा दिने सुविधा छ । २०८१ सालमा सरकारले पाँच वटा बिदा दिएको थियो ।

२०८० चैत ९ गते तत्कालिन केदार कार्की नेतृत्वको सरकारले २ बैशाखको सिरुवा पर्वमा झापा मोरङ सुनसरी र उदयपुर जिल्ला, ११ भदौंको राधाकृष्ण रथयात्राका लागि प्रदेशभर, २३ भदौंको ऋषि पञ्चमीमा प्रदेशभरि महिला कर्मचारीलाई मात्रै, २३ कात्तिकमा छठ पर्वका लागि प्रदेशभर र २५ कात्तिकको फाल्गुनन्द जयन्तीमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

footer