kumari
stcnepal

ग्लोबल आईएमई बैंकले नाडा अटो शोमा ७ देखी ९ प्रतिशत ब्याजदर मै सवारी कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ ।

ग्लोबल आइएमई बैंकले न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ । विद्युतीय सवारीमा ५ वर्षसम्मका लागि ७.९९ प्रतिशत र त्यसभन्दा बढी अवधिको लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, इन्धन सवारीका लागि भने बैंकले ५ वर्षका लागि ८.४९ प्रतिशत र सोभन्दा माथि भए ९.४९ प्रतिशत ब्याजदर लिने जनाएको छ । सेवाशुल्क भने बैंकले ०.५ प्रतिशत लिने जानेको छ ।

 

footer