kumari
stcnepal

एकीकृत समाजबादीको बागलुङको जिल्ला कमिटी नै एमालेमा समाहित

बागलुङ। नेकपा (एकीकृत समाजवादी) बागलुङको सिंगो जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएकमो छ ।

आज एकीकृत समाजवादीका जिल्ला कमिटी साथै केन्द्रीय नेता नै नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । एमाले गण्डकी इन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष, सचिवसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।

footer