kumari
stcnepal

टी–२० विश्वकप खेलेका क्रिकेटलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

footer