kumari
stcnepal

प्रध्यापक कुट्ने माथी कारवाहीको माग

काठमाडौँ । गत मंगलवार रत्नराज्यलक्ष्मी क्यापस (आरआर) मा एक विद्यार्थीले आफुलाई चिट चोर्न नदिएको भन्दै शिक्षकमाथी भौतिक आक्रमण गरेका छन् ।
विद्यार्थीले आफुलाई पढाउने शिक्षकमाथी कुटपिट गर्नु दण्डनिय कार्य छदै छ ।हाम्रो शैक्षिक प्रणालीलाई हामी कतातिर लादैछौ भन्ने प्रश्न समेत उव्जिएको छ । त्यस्तो दण्डनिय कार्यले गर्दा गुरु चेलाको सम्वन्ध कुन वाटोमा अघि बढीरहेको छ भने चिन्ता समेत प्रकट भएको छ । विद्यार्थीवाट शिक्षक पिटिएको यो पहिलो घटना भने होइन । यस घटनालाई विरल घटना भन्न मिल्दैन ।

विद्यार्थीवाट शिक्षक÷ प्रध्यापक माथी आक्रमण भईरहनुले शिक्षालयलाई शान्ति क्षेत्रको अवधारणा माथी नै खल्ल पुगेको छ । यस्ता घटनाले शिक्षक र विद्यार्थी बीचको सम्वन्ध मात्र विग्रदैन शिक्षालयमा शिक्षण सिकाईको वातावरणलाई खल्ल पु¥याउन सक्छ । त्यस घटनाले अध्यनशिक्षा विद्यार्थीहरुको पक्कै पनि शिरु झकुको हुनुपर्दछ । यस्तो अप्रिय घटना भोलीका दिनमा दोहोरिन नदिन सरकार, क्यापस प्रशासन, विश्वविद्यालय र विदार्थी संगठनहरुले आवश्यक कदम चाल्न जरुरी भईसकेको छ ।

अहिलेको शिक्षा पद्धतीमा शिक्षक शिक्षिकाहरुद्धारा शारिरिक दण्ड सजाय दिन त बन्देज गरीएको अवस्थामा उल्टो विद्यार्थीद्धारा शिक्षक नै पिटिनु लाई कल्पनासम्म गर्न सकिदैन । आरआरका शिक्षक माथी जुन घटना घटाईयो त्यसलाई सामान्य व्यवहारका रुपमा लिन उपयुक्त हुन सक्दैन । व्याचलर अफ आर्टसइन सोसल वर्क (वीएसडव्लु) दोस्रो वर्षमा अध्ययनरत कुवेर जेठाराले निर्धात कुटपिट गर्दा शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् । उनको टाउकोमा ७ वटा टाका लगाउनु पर्ने गरी चोट लागेको छ । शिक्षक पुडासैनी माथी आक्रमण गर्ने जेठारामाथी कारवाही नभएसम्म अध्यापन नगर्ने भन्दै क्यापसको प्रध्यापक संघ, प्रजातन्त्रवादी संघ, नेपाल प्रगतिशिल प्रध्यापक संगठनले सयुक्त विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा शैक्षिक स्थलमा प्रध्यापकहरु असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ति अनुसारको कारवाही नभएसम्म र अध्यापन नगर्ने निर्णय उनीहरुले गरेका छन् । जुनसुकै विद्यार्थी सघ सगठनमा आवद्ध भएपनि अपराधमा संमलग्न भएका व्यक्तिलाई कारवाही हुनुपर्दछ । सघ संगठनमा लागेकै भरमा अपराध गर्ने छुट कसैलाई हुनुहुन्न । त्यस्तो अपराध पूर्ण घटनामा दोषीलाई कारवाही नभएको खण्डमा मुलुकको शैक्षिक क्षेत्रको सुरक्षाको वातावरण थप धमिलिने निश्चित जस्तै भएकाले दोषीमाथी कारवाही हुनु आवश्यक छ ।

एक वर्ष अघि पनि त्रिभूवन विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडी सडकमै उपप्रध्यापक प्रेम चलाउनेमाथी विद्यार्थीहरुले सांघातीक आक्रमण गरेका थिए । उनको खुट्टामा चोटलागेपछि खुट्टाको अप्रेसन नै गर्नु परेको थियो । यसरी विद्यार्थीहरुद्धारा आफ्ना गुरुहरुमाथी आक्रमण गर्ने कार्यलाई अविलम्वन रोकिनु आवश्यक छ । त्यो दायित्व सरकार र क्यापस प्रशासन कै हो ।

footer