kumari
stcnepal

एमसीसीले गरीबी सकिन्छ रे ?

काठमाडौं । गृहमन्त्री वालकृष्ण खाणले सडकमा उत्रिएका र विरोधको आवाज घन्काउने व्यापक जनउपस्थितिलाई पढाउने काम गर्दै भनेका छन्– एमसीसी नेपालका लागि आवश्यक छ । एमसीसी आएपछि गरीबी निवारण हुन्छ ।

अहा क्या औषधि रहेछ एमसीसी । एमसीसीले नेपालको गरीबी निवारण गर्छ भने यति चर्को विरोध किन भइरहेछ ? सडकमा मर्न मार्न तयार भएकाहरुले एमसीसी नबुझेर विरोध गरिरहेका हुन् ? त्यसो भए कांग्रेसी नेता तथा गृहमन्त्री वालकृष्ण खाणले भनिदिनुपर्छ– कुन कुन कारणले नेपालका लागि एमसीसी आवश्यक छ ?

किन एमसीसी चाहिन्छ वा चाहिन्न भनेर ठूला दलहरु जनतालाई स्पष्ट पार्दैनन् । गरीबी निवारण हुने भए भारतमा भएको औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन र निकासी एमसीसीले ल्याइदिएको हो ?

एमसीसीले बेरोजगारीको हल, युवा निकासी गर्नु नपर्ने, उन्नति प्रगतिको ढोका खुल्ने हो र बजेटभन्दा बढी १७ खर्ब व्यापार घाटाको अन्त हुने हो भने एमसीसीलाई किन स्वागत नगर्ने ? गृहमन्त्रीले खुलामञ्चमा उभिएर यो दावी गर्नसक्नुहुन्छ ? जो सडकमा उत्रिएर विरोध गरिरहेका छन्, तिनको माझ पुगेर सम्झाउन सक्नुहुन्छ ? हुन्छ भने कांग्रेसलाई मान्नु र कांग्रेसीको प्रशंसा गर्नुपर्ने हुन्छ । कांग्रेस जनले समाजमा उभिएर बोल्ने हिम्मत गरुन् भन्छन् विश्लेषकहरु ।

footer