kumari
stcnepal

बैंकका सिइओले आर्थिक हिनामिना गर्दा भट्टराई पक्राउ परे

 

विराटनगर  । विराटनगरस्थित सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिएका हुन् ।

बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् । “मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, अमृतप्रसादले भनेका छन् ।

 

footer