kumari
stcnepal

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

महाधिवेशनको बन्दसत्रमा हिजो मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । आजदेखि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रचण्डको प्रतिवेदनको पूरक प्रस्तावको रुपमा नेता राम कार्कीले अर्को प्रस्ताव पनि पेश गर्दैछन् ।

 

footer