kumari
stcnepal

आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा हिउँ पर्नसक्ने पूर्वानुमान

काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदले मंगलबार नै पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्नसक्ने पूर्वानुमान गरेका थिए ।

काठमाडौं उपत्यकामा रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ ।

काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

footer