kumari
stcnepal

सहकारी सुरक्षित रहेन

काठमाडौं । सिभिल सहकारीबाट सिभिल बैंकसम्म स्थापित गरेका र पैसाको बलमा सांसदसमेत बनेका इच्छाराज तामाङ ५ अर्व ७७ करोड साना लगानीकर्ताको लगानी अपचलन गरेको आरोपमा जेल परेका छन् । आरोपित १२ मध्ये ९ जना धरौटीमा छाडिएका छन्, एकजना साधारण तारेखमा रिहा भएका छन् भने दुई मुख्य आरोपित पूर्व र वर्तमान अधक्ष इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्वक्षका लागि थुनामा परेका हुन् ।

सिआइबीले अनुसन्धान गरेर मुद्दा दायर गरेपछि संगठित अपराध गरेको भनेर जिल्ला अदालतले यस्तो निर्णय गरेको हो । तामाङले आकर्षक व्याज दिने भन्दै साना लगानीकर्ताको लगानी आकर्षित गरेर कर्जा आफ्नै कम्पनी र आफन्तको नाममा लिएर अपचलन गरेका थिए ।

आश्चर्य के छ भने इच्छाराज तामाङले श्रीमती र अन्य आफन्तका नाममा थुप्रै सम्पत्ति थुपारेका छन् । तामाङ र उनकी श्रीमतीको नाममा रहेका सयौं रोपनी जग्गा रोक्का राख्न भने अदालतले किन हो आदेश दिएको छैन । झण्डै ३० जना अपचलनकर्ता अझै फरार रहेका छन् ।

सहकारीताले साना लगानीकर्तालाई लाभ दिने उद्देश्य भए पनि टोल टोलमा खोलिएका ३४ हजार सहकारीप्रति राज्यले कडा नीति नलिने हो भने साना लगानीकर्ता संगठित अपराधमा ठगिने क्रम डरलाग्दो छ भन्ने उदाहरण सिभिल सहकारी र इच्छाराज तामाङ हुन् ।

 

footer