kumari
stcnepal

नेपाली सेनामले २२९ जनालाई जागिर खुलायो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको छ ।खुलातर्फ १२० जनाको कोटा छ ।

यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

 

footer