kumari
stcnepal

सभापति देउवाद्धारा शाही ,पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित

 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । आज सभापति देउवाले दोस्रो पटक यी तिन नेतालाई मनोनित गरेका छन् ।

देउवाले काँग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा २१ को उपधारा ९१०० बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।गुरुङ सभापतिमा उम्मेदवार बनेर पराजित भएका थिए भने दोस्रो चरणको निर्वाचनमा उनले सभापतिमा देउवालाई सघाएका थिए । यस्तै प्रदीप देउवा समूहबाटै महामन्त्री र शाही पनि देउवा समूहबाटै सहमहामन्त्रीमा पराजित बनेका थिए ।

यसअघि शनिबार पनि देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । जसमा रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका थिए । स्मरण रहोस् जीवन बहादुर शाही कर्णली प्रदेशका मुख्य मन्त्री हुन् । उनी देउवा पक्षवाट सहमाहामन्त्री पदमा उम्मेदवार वनेका थिए, भने पौडेल कृष्ण प्रसाद सिटौला पक्षवाट महामन्त्री पदमा उम्मेदवार वनेर पराजित भएका थिए भने कल्याण गुरुङ सभापतिका उम्मेदवारमा पराजित भएका व्यक्ति हुन् ।

footer