kumari
stcnepal

माओवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट घोषित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ ।

आठौं महाधिवेशनमार्फत हिजो आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको घोषणा गरेका थिए । बन्दसत्रमा प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नामावली पेश गरेसँगै पारित भएको हो ।

आज बस्ने बैठकले १५ जना पदाधिकारी चयन गर्ने बताइएको छ । माओवादीको महाधिवेशन पुस ११ गतेदेखि कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएर हिजो सम्पन्न भएको हो ।

 

footer