kumari
stcnepal

देउवा आज सुनसरी प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुनसरी प्रस्थान गरेका छन् । सुनसरीको धरानमा हुने एक कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टर मार्फत त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

देउवा आज बिहान १० बजे धरान पुगेका र अपरान्ह चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको धरान उपमहानगरपालिका मेयर तिलक राईले जनाकारी उदएका छन् ।

प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै देउवाले धरान उपमहानगरपालिका स्थित पानमारामा २६ करोड लागतमा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

footer