kumari
stcnepal

मेडिकल शिक्षा किन माफियाकरण ?

काठमाडौं । हरेक वर्ष मेडिकल शिक्षामा बिबाद भइहरन्छ । कारण मेडिकल शिक्षाका नाममा मनपर्दी पैसा असूल गर्न जो पाइन्छ । अधिकांश महगा स्कूल, कलेजहरुमा नेताको लगानी छ । मेडिकल कलेजमा त झन ठूलो माफियाकरण भइसकेको छ । यसकारणले सरकारले तोकेको सीमा उल्लंघन गर्छन्, नियम मान्दैनन् ।

सरकारले मेडिकल शिक्षामा फि तोकिदिएपछि भर्ना लिएका अधिकांश मेडिकल कलेजहरुले फि बढाएका छन् । बढाएको फि नबुझाए परीक्षा नै दिन नपाउने झण्झटमा फसेका छन् । शिक्षा मन्त्री छन् माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल । उनी रात विहान मेडिकल माफिया लगानीकर्ता नेताहरुसँग गोप्य कुरा गर्छन् र दिउँसो भन्छन्– न्यायोचित हल निकालिन्छ । लुट्ने कलेजहरु लुटिरहेका छन् । शिक्षा मन्त्रालयको निर्देशन किन नमानेको ? मन्त्री सोध्न सक्दैनन्, कारवाही गर्न सक्दैनन् ।

शिक्षा, स्वास्थ्य, पानी, विजुली सबैतिर नेताकै लगानी, नेताकै मनपर्दी । मेडिकल शिक्षामा किन यति धेरै विघ्न भइरहन्छ, नियामक निकायको गैर जिम्मेवारी पनले विद्यार्थी र अभिभावकहरुलाई अनावश्यक तनाव दिइरहेको छ । शिक्षा क्षेत्र फेरि आन्दोलित हुन थालेको छ । मेडिकल शिक्षाको भ्रष्टिकरण झन बढ्यो । शिक्षा हासिल गर्ने अधिकार र सरकारी निर्देशन दुबै माफियाको कहरमा गुम्सिन थालेको छ ।

 

footer