kumari
stcnepal

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

 

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

२०७५ साल पुसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक बनेका पौडेल पुस २२ गते निगमबाट बिदा भएका थिए ।
निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ ।

footer