kumari
stcnepal

श्रीनगरमा ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवा विस्तारका क्रममा सल्यानको श्रीनगरमा शाखा सञ्चालन गरेको छ । श्रीनगर वरपरका बासिन्दालाई बैंकिङ सेवा पु-याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगरमा सञ्चालित शाखाले यस क्षेत्रमा भएको निक्षेप संकलन स्थानीय क्षेत्रमै लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने बताए ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले हालसम्म १ सय ३४ शाखा, १५ राजस्व संकलन काउन्टर, १ सय ४२ एटिएम, ९ एक्सटेन्सन काउन्टर तथा १ सय २१ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमामार्फत  बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । विनाधितो १५ लाख रूपैयाँसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइरहेको बैंकले अष्ट्रेलीया , बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेरसमेत सेवा प्रदान गर्दै आइरहेको छ ।

footer