kumari
stcnepal

भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको निधन

भक्तपुर । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर निधन भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताएका छन्

। पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए ।

अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताएका हुन् ।

footer