kumari
stcnepal

मेसी र सुआरेजको गोलमा बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा भिल्लारियालले इन्जुरी समयको अन्तिम १५ सेकेन्ड सम्हालिन नसक्दा लिग लिडर बार्सिलोनासँग अंक बाँड्न भयो । निकै रोमाञ्चक खेलको इन्जुरी समयको अन्तिम सेकेन्डमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अप्रत्यासित हारबाट जोगाए । खेल ४–४ गोलको बराबरीमा सकियो ।

कप्तान लियोनल मेसीलाई बेन्चमा राखेको खेलमा बार्सिलोनाले पहिलो हाफकै सुरुवातमै २–० को अग्रता लियो । १४औं मिनेटमा फिलिपे काउटिन्हो र १६ औं मिनेटमा माल्कोमले गोल गर्दै २–० को अग्रता दिलाए । त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियलले बार्सिलोनाविरुद्ध ४ गोल ग¥यो र खेलमा ४–२ को अग्रता बनायो ।

भिल्लारियालका सामुअल चुकावजीले खेलको २३औं मिनेटमा गोल गर्दै उसलाई खेलमा फर्काए । पहिलो हाफमा २–१ ले पछि परेको भिल्लारियालले दास्रो हाफको सुरुवातै गोल गर्दै खेललाई बराबरीमा ल्यायो । उसका कार्ल टोको इकाम्बीले ५० औं मिनेटमा उत्कृष्ट गोल गरे । भिसेन्ट आईबोराले ६२औं र कार्लोस बाकाले ८० औं मिनेटमा गोल गरेपछि खेलमा भिल्लारियलन लगभग जिततर्फ उन्मूख भयो ।

तर, काउटिन्होलाई ६० औं मिनेटमा रिप्लेस गर्दै मैदान प्रवेश गरेका कप्तान मेसीले ९०औं मिनेटमा फ्रिकिकमा गोल गर्दै बार्सिलोनाको आशा जगाएका थिए । त्यसपछि इन्जुरी समयको अन्तिम सकेन्टमा लुइस सुआरेजले भलीमा उत्कृष्ट गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा सकाए ।

८० औं मिनेटमा भिल्लारियालका अल्भारो गोल्जालेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ऊ १० खेलाडीमा सीमित बनेको थियो । त्यसको फाइलन बार्सिलोनाले उठायो ।

खेलमा बार्सिलोनाले ६८ प्रतिशत बनाएको थियो । उसले भिल्लारियालको पोस्टमा १५ सट प्रहार गरेको थियो, जसमध्ये ९ सट मात्र फ्रेममा थियो । यता, भिल्लारियालले १६ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो ।

लिगको ३०औं चरणको खेल सकिँदा बार्सिलोना ७० अंकका साथ शीर्ष स्थानमा छ । ६२ अंकक जोेडेको एट्लेटिको म्याड्रिड दोस्रो, ५७ अंकका साथ रियल म्याड्रिड तेस्रो, ४७ अंकका साथ गेटाफे चौथो र ४४ अंक जोडेको अलाभेस पाचौं स्थानमा छ ।

footer