kumari
stcnepal

आन्दोलनमा सरकारी चिकित्सक

काठमाडौं । आफूसँगको सहमतिविपरीत सरकारले कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलित भएको छ । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले शुक्रबारबाट सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले आश्वासन दिने, सहमति गर्ने, तर कार्यान्वयनमा चुक्ने गरेको भन्दै उनले आपत्ति जनाए । सरकारी चिकित्सकहरूले कर्मचारी समायोजनमा संघअन्तर्गत रहन पाउनुपर्ने अडान राखेर लामो समयदेखि विरोध जनाउँदै आएका छन् । पाण्डेले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउनुपर्ने बताए ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. लोचन कार्कीले नेपाल सरकारमातहतका सम्पूर्ण चिकित्सकले घोषणा गरेको आन्दोलनमा संघको ऐक्यबद्धता रहेको बताएका छन् ।

उनले नेपाल सरकारले सरकारी चिकित्सकका माग अविलम्ब सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन् । एक दिन ओपिडी सेवा अवरुद्ध हुँदा करिब ३ लाख ५० हजार बिरामी सेवा लिनबाट वञ्चित हुने गरेको सरकारी अनुमान छ ।

footer