kumari
stcnepal

हिमानी शाहलाई अमेरिकामा भब्य स्वागत

अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले हिमानी शाहलाई अमेरिकामा भब्य स्वागत गरेका गरेका छन् ।उनी हिजो (मंगलबार) अमेरिकाको डीसी महानगर क्षेत्रस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन् । हिमानी ट्रष्ट यूएसएको बृहत उद्घाटन कार्यक्रमका लागि हिमानी ट्रष्ट यूएसएको निमन्त्रणामा हिमानी अमेरिका आएकी हुन् ।

हिमानी अमेरिकाको विमानस्थलमा अवतरण गर्दा हिमानी ट्रष्ट यूएसएका पदाधिकारीहरुका साथै समाजिक क्षेत्रमा स्थापित सामाजिक अभियन्ताहरुले उनलाई पुष्पगुच्छा तथा खादाद्वारा सम्मान गरेका थिए ।

बिमानस्थलमा पुग्नेहरूमा हिमानी ट्रष्ट यूएसएका भर्जिनिया निवासी अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट आएका सामाजिक अभियन्ता अनिल पाण्डे, भर्जिनियाका अरुण रुपाखेती थिए ।

त्यस्तै हिमानी ट्रष्ट यूएसएका केन्द्रीय सदस्य मोहन निरौला, चर्चित समाचार वाचिका रमा सिंह, सामाजिक महिला कार्यकर्ता प्रभा भट्टराई देउजा लगायत स्वागत गर्न विमानस्थल पुगेका थिए ।

शाहलाई भेट्न र स्वागत गर्न भर्जिनिया, वाशिङ्टटन डीसी, क्यालिफोर्निया, टेक्सस, कोलोराडोलगायत राज्यहरुबाट हिमानी ट्रस्टका शाखाहरुका पदाधिकारीहरू आएका थिए ।

हिमानी ट्रष्ट यूएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैरमुनाफामुलक सामाजिक संस्था हो । हिमानी ट्रष्ट धर्म, वर्ग, जाती, दल र सम्प्रदाय भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला, अशक्त, वृद्ध, विधवा तथा वाल–बच्चाका साथै शिक्षा र स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।

footer