kumari
stcnepal

प्रबल जनसेवाश्री चौथोबाट चुडाल विभूषित

काठमाडौ । अभियान साप्ताहिकका सम्पादक एवं प्रकाशक देवेन्द्र चुडाललाई नेपाल सरकारले प्रवल जनसेवा श्री चौथोबाट विभूषित गरेको छ । सम्पादक चुाडल विगत ३६ वर्षदेखि पत्रकारिता पेशामा संलग्न रहँदै आउनुभएको छ । सम्पादक चुडालका लेखहरु विभिन्न सञ्चार माध्यमहरुमा समेत प्रकाशित प्रशारित हुँदै आएका छन् ।

 

२०७५ असोज ३ गते संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक नयाँवर्ष २०७६ साल आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा चुडाललाई विभूषित गरिएको हो । सम्पादक चुडाल सहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्य व्यक्तिहरुलाई समेत राष्ट्रपति भण्डारीले विभुषित गर्नुभएको थियो ।

नेपाल सरकारको गौरव एवं नेपाली जनतको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल सरकारले विभुषित गरेको हो । प्रधानमन्त्री केपी ओली र विभुषण छनोट समितिका अध्यक्ष समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर गरेको विभुषण पत्रमा मानपदवीको गरिमा अक्षुण राख्दै नेपाल र नेपालीको श्री बृद्धिमा थप सफलता मिलोस् भन्ने उल्लेख गरिएको छ । सम्पादक चुडालले नेपाल सरकारले काम र मेहनतको मूल्यांकन गरी दिएको पदकको गरिमा राख्नकालागि अझै बढी मेहनत जारी राख्ने बताएका छन् । उनले नेपाल सरकारले आफूमाथि गरेको विश्वास र भरोसालाई अरु बलियो बनाउँदै मुलुकको हित हुने कार्यमा आफू सदा समर्पित रहने बताउँदै आफूले मुलुक र नेपाली जनताको हितको लागि कहिल्यै पनि कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।

footer