kumari
stcnepal

बैशाखमै स्थानीय तहको निर्वाचन हुन्छ, तलमाथि हुँदैन् : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, ११ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा थपलियाले यस्तो बताएका हुन् । उनले बैशाखमै निर्वाचन गर्नेगरि सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन् । रोकिँदैन। यो मेरो आग्रह हो । बैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु ।’

उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने धारणा राखे । पछिल्लो समय स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने र यसलाई पछि धकेल्नेगरि तयारी भएको चर्चा चलिरहेको बेला प्रमुख निर्वाचन आयुक्त थपलियाको यस्तो प्रतिक्रिया आएको हो ।

footer