kumari
stcnepal

नेपालमा ताली, अमेरिकामा गाली

काठमाडौं । नेपालमा कम्युनिष्टहरुले बन्दुक देखाएर, गोली हानेर, घाँटी रेटेर, लुटेर सत्ता लिए । सत्तामा पुगेपछि भ्रष्टाचारको गोलीबाट आफै मरे । जनताको दृष्टिमा मरेको कम्युनिष्टले नेपालमा राज गरिरहेको छ । ज्यूँदा नेपालीहरु आफ्नै नजरमा मरेको कम्युनिष्टको शासनलाई भोगिरहेका छन् । हुन त नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ, तर यो सरकार अतिवादी कम्युनिष्ट माओवादीले उठ भने उठ्छ, बस भने बस्छ । प्रजातन्त्रको आकर्षण विहीन छ कांग्रेस । लाग्छ, नेपालको हावादारी लोकतन्त्रमा कागजको फूल हो कांग्रेस । कागजको फूलबाट कहाँ बास्ना आउँछ र ?

महाभारतमा युधिष्ठिरलाई धर्मराज भनेर सम्मानित गरियो । कारण थियो, सधैं धर्मको वकालत गर्ने र धर्मको आधारमा अडिने भएकाले । नेपालमा कांग्रेसलाई समेत लपेटेर जाज्वल्यमान बनेको कम्युनिष्टले देश र जनतालाई लुटेको देख्दा यमराजभन्दा कम छैन । तैपनि ज्यूँदा नेपालीमाथि शासना लिएर शासन गरिरहेको छ । नेपालीले आफू बाँचेको अनुभूति गर्ने कहिले होला ?

२०१५ सालपछि तेरो घरमा कांग्रेस पसोस् भनेर सराप दिने चलन चल्यो । कारण थियो– कांग्रेसको गुण्डागर्दी, लुटेरा चरित्र । आज पनि अमेरिकामा कसैलाई गाली गर्नुप¥यो भने यु कम्युनिष्ट भन्ने चलन छ । यस्तै स्थिति देशभरि फैलिएको छ, यु कम्युनिष्ट भन्ने नेता कोही छैन, जनता अझै यस्ता लुटेर कांग्रेस, कम्युनिष्टसँग थरहरि डराइरहेका छन् ।

footer