kumari
stcnepal

नुन विक्रिको नाममा ठगी धन्दा, सरकार मौन

काठमाडौ । २०२० सालमा ३ पी अर्थात पब्लिक, प्राइभेट, पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले मुलुकभरमा सर्वसुलभ रुपमा विक्रि वितरण गर्दै आएको नुनको व्यापारमा केही भ्रष्ट र केही व्यापारीहरुको मिलेमतोमा नक्कली कम्पनी खडा गरेर नुनको कारोबार गर्न डिलरसिपका माग गरिरहेको छ । मिलेनिया ग्लोबल कम्पनीले विद्यमान सरकारी नियम, ऐन, कानुन विपरित सम्बन्धित सरकारी निकायबाट स्वीकृत्ति नै नलिई भारतमा उत्पादित नुनको विक्रि वितरणको डिलरसिपको लागि विज्ञापन गरी ठगी धन्दा चलाएको छ ।

मिलेनिया कम्पनीको नामबाट देशभर नुनको विक्रि वितरण गर्ने भन्दै डिलरसिपको माग गरेपछि नुनको अधिकारिक विक्रेता साल्ट टेडिङ्ग कर्पोरेशनले आपत्ति जनाएको छ । सरकारी अनुमति नै नलिई नुनको विक्रि वितरणको लागि डिलरसिपको लागि विज्ञापन गर्नु गैरकानुन र विद्यमान कानुन विपरितका कार्य हो ।

नेपाल सरकारले नेपालमा विक्रि वितरण हुने नुनमा ५० प्रतिशत पिपिएम हुनुपर्ने निर्णय गरेको भएपनि टाटा नुनको उत्पादनमा १५ प्रतिशतमात्र पिपिएम मात्र आयोडिन रहेकोले उक्त नुन विक्रि वितरण गरिए गलगाँडलगायतका अन्य आयोडिनको कमीले हुने रोगहरुको विकृत्ति बढ्न सक्ने र पुनः नेपालमा गलगाँडलगायतका अन्य रोगहरुसमेत लाग्न सक्ने भएकाले टाटा कम्पनीबाट उत्पादन हुने नुन नेपालका लागि हानिकारक रहेको छ । त्यसैले उक्त नुन नेपालमा विक्रि वितरण गर्न प्रतिबन्ध नै लगाउनुपर्ने आवश्यकता देखिएको छ । यदि त्यसो नभएमा गलगाँडलगायतका आयोडिनको कमीले हुने रोगको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको छ ।

कर्पोरेशनलाई २०७३ साल चैत्र ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट टेडिङ्ग कर्पोरेशनले मात्र नुनको विक्रि वितरण गर्न पाउने अनुमति दिएको थियो । मन्त्रिपरिषद्को बैठकबाट भएको त्यस्तो निर्णयले गर्दा अन्य निकायले नुनको विक्रि वितरण गर्न पाउँदैनन् । मन्त्रिपरिषद्को निर्णय विपरित उक्त मिलेनिया कम्पनीले नुन आयात गरी विक्रि वितरण गर्न पाउँदैन ।

काठमाडौको बत्तीसपुतलीमा अफिस राखेर एक दैनिक पत्रिकामा नुन विक्रि वितरणको लागि डिलरसिपको माग गर्नु सिधै गैरकानुनी रहेको छ । उक्त कम्पनीको प्रमुखमा उमंग अग्रवाल रहेका छन् भने कम्पनीको सबै कारोबार हेर्ने भारतीय नागरिक नौसात यमत रहेका छन् । साल्टले भारतमा उत्पादित नुन नेपालमा ल्याएर प्रतिकिलो रु। २० मा विक्रि वितरण गर्दै आएको छ भने भारतमा त्यही नुन १७ रुपैँया ९भारु०मा विक्रि हुँदै आएको छ ।

सरकारी स्वीकृत्ति विनै अग्रवाले नुन ल्याएर गुणस्तर समेतको चेक जाँच समेत नगरी नुन ल्याउनु र सम्बन्धित निकाय मौन रहनुले कतै पैसाको ठुलो चलखेल र केही भ्रष्ट सरकारी उच्च तहका कर्मचारीहरुको हात हुन सक्ने आशंका समेत गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च तहका पदाधिकारीहरुमा अनुसार मिलेनिया नामक कम्पनीले नुनलगायत अन्य बस्तुको आयात नियात गर्ने अनुमति पाएको छैन । अहिलेसम्म उक्त कम्पनीले कुनै स्वीकृत्ति समेत पाएको छैन । ती कर्मचारीका अनुसार २०७३ चैत्र ३ गते भएको मन्त्रिपरिषद्को निर्णय अनुसार साल्ट टेडिङ्ग कर्पोरेशन बाहेकका अन्य कम्पनीहरुले नुन विक्रि वितरण गर्न पाउँदैनन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय भएपश्चात् कर्पोरेशनको कार्यालयमा २०७३ चैत्र ७ गतेको चलानीनम्वर ५७७ पत्र अनुसार कर्पोरेशन बाहेक अन्य कुनै कम्पनीले नुनको आयात गरी विक्रि वितरण गर्न पाउँदैनन् । तर निज अग्रवालले मन्त्रिपरिषद्को निर्णय भन्दै नुनको विक्रिका लागि डिलरसिपको माग गरी ठगी धन्दा चलाउँदै आएका छन् ।

कम्पनीले डिलरसिपको लागि भन्दै ठुलो धनराशी संकलन गरेर उक्त रकम लिएर भाग्ने योजना समेत बनाएको हुनसक्ने सम्भावना रहेको छ । उक्त कम्पनीको प्रालिको नाममा आइएसओ सर्टिफिकेट ९००१–२०१५ रहेको भन्दै विज्ञापन समेत गरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुको रहस्य के ?

उक्त कम्पनीले नेपालका लागि १६ वटा विदेशी कम्पनीका समानहरुको एकमात्र आधिकारिक विक्रेता रहेको दाबी गरिरहेको छ । एमएस समूहकै लागि नयाँ व्यापारको रुपमा रहेको भन्दै नुनसमेतको कारोबार गरेको दाबी गरेपनि त्यसमा कुनै सत्यता नरहेको जानकारहरुले बताएका छन् । उक्त कम्पनीले अमेरिका, जर्मनी, भारत र जापानलगायतका मुलुकबाट सामान आयात गर्ने दाबी गरेको छ ।

मिलेनिया कम्पनीका प्रमुख व्यक्ति भनिएका उमंग अग्रवाल चिनीको नाममा अवैध धन्दा चलाउँदै आएका शशीकान्त अग्रवालको छोरा हुन् । शशीकान्त अग्रवाल चिनी उत्पादक संघका अध्यक्ष र एभरेष्ट चिनी मिलका मालिक समेत हुन् । उनले कृषकबाट उखु किनेको पैसा भुक्तानी नदिएर सरकारबाट लिएको करोडौं अनुदान रकम समेत झ्वाम पारेका छन् । उनले अहिले पनि करोडौं रकम कृषकलाई भुक्तानी दिन बाँकी रहेको अवस्थामा अब छोरामार्फत अर्को ठगी धन्दा चलाएका छन् ।

स्मरण होस् केही समय पहिला प्रधानमन्त्री केपी ओलीले समेत चीनी व्यापारीहरुले आफूलाई झुक्याएको उद्घोष गरेका थिए । त्यो भनाई शशीकान्त अग्रवालप्रति लक्षित थियो । यसरी जनतामारा अग्रवालले फेरी अर्को षड्यन्त्र गरी साल्टको विरुद्धमा जतिसुकै गरेपनि र नुनको व्यापार गर्न खोजेपनि उनको भित्री उदेश्य भनेको चिनीमा सरकारले दिएको अनुदान झ्वाम पार्नु नै एकमात्र उदेश्य रहेको जानकारीहरुले बताएका छन् ।

footer