kumari
stcnepal

एमसीसी पास नभए गठबन्धन तोडिने:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए सत्तारुढ ५ दलीय गठबन्धन तोडिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार साँझको गठबन्धन दलहरुको बैठकमा एमसीसीको विषय उठाउँदै यदि पारित नभए गठबन्धन टुट्ने बताएका थिए । बैठकमा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरुको उपस्थितिमा देउवाले एमसीसी चालु संसद बैठकबाटै पारित गर्नुपर्ने बताएका थिए ।प्रधानमन्त्री देउवाले एमसीसी फेब्रुअरी १ मा पारित नभए अमेरिकाले फिर्ता लैजाने बताएका थिए ।निर्धारित समयमा पारित नगरे अमेरिकाले परियोजना फिर्ता लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।बैठकमा यस विषयमा चर्काचर्की समेत भएको थियो । जसले एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत गरेको बताइएको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको एमसीसी पास गर्ने कुरा माओवादी लगायतका दलहरुले नमानेको बुझिएको छ ।जसमा संसदमा एमसीसी पेश गरेपछि देउवाले नेताहरुलाई भोट हाल्न आफ्नो विचार गर्नु पनि भनेको बताइएको छ ।यसै बीच माओवादी तथा एकीकृत समाजवादीका नेताहरुले सभामुख अग्नि सापकोटामार्फत संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित गराएका छन् ।

कोरोना संक्रमणको बहाना गर्दै बैठक स्थगित गराइए पनि विषय भने एमसीसी रहको बुझिएको छ ।यस्तो अवस्थामा एमसीसी अनुमोदन नहुने देखिएको छ । यदि त्यस्तो भएमा गठबन्धन टुट्ने धेरैको विश्लेषण रहेको छ ।देउवाले धेरै पटक एमीसी पारित गर्न जोड दिए पनि यसको चौतर्फी विरोध भइरहेको छ ।

footer