kumari
stcnepal

आज बालुवाटारमा देउवा-प्रचण्ड भेटवार्ता

काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।

स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको स्रोतको भनाइ रहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए।

स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । पछिल्लो समय एमसीसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ।

 

footer