kumari
stcnepal

बागलुङका पत्रकार खड्काको निधन

बागलुङ  । नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक तथा बागलुङका पत्रकार विदुर खड्काको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको हिजो (मंगलबार) बिहान ७९ वर्षको उमेरमा निधन  भएको पारिवारिक स्रोतले जनाएको छ । २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थालेका खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रशासन गरेका थिए । उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक चलाएपछि धौलाश्री अनलाइन हालसम्म प्रकाशनमा छ । खड्का धौलाश्री अनलाइनका प्रधान सम्पादक समेत हुन् ।

राजाको प्रत्यक्ष शासनकालमा उनी एकपटक मनोनित बागलुङ नगरप्रमुख भएका थिए । सोही समयमा भएको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत भएका थिए

footer