kumari
stcnepal

प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ ।धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले झडपका क्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीसहितका तीन जना घाइते भएको बताए । प्रमुख प्रहरी निरीक्षक जोशीको कानमा चोट लागेको छ।

उनका अनुसार अन्य दुई जना प्रहरी हवल्दार र प्रहरी जवान पनि समान्य घाइते भएका छन् ।यस्तै झडपमा अनेरास्ववियु र युवा संघका ५ जना घाइते भएका छन् । अनेरास्ववियु कैलालीका संयोजक किशोर शाह, कुल रावल, हरीद्वारी राना, युवा संघका धनगढी नगर संयोजक अभिशेक नाथ (लोक), रोहित बोगटी र अमर सिंह राना घाइते भएका छन् । उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागेको युवा संघले जनाएको छ ।

footer