kumari
stcnepal

स्थानीय निर्वाचनपछि मात्र एमालेले प्रदेश अधिवेशन गर्ने

नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।

‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ’, एमालेले भनेको छ ।

footer