kumari
stcnepal

काग्रेस र माओवादी केन्द्रका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश

कावासोती । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी पाँच सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले नवलपुरको कार्यालय उद्घाटन तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र नवलपुरका सचिवालय सदस्य नारायण प्रसाद लोहनी, पूर्वपिएलएका सदस्यहरुसहित माओवादीका तीन सयको संख्यामा कार्यकर्ताहरु र त्यस्तै नेपाली काँग्रेसबाट दुई सयको संख्यामा एमाले प्रवेश गरेका हुन् ।

एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले उनीहरुलाई टीका खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।

कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका र गैंडाकोट नगरपालिकाबाट उनीहरु एमाले प्रवेश गरेको एमालेका युवा नेता एवम् जिल्ला कमिटि सदस्य विद्रोही गिरीले जानकारी दिएका हुन् ।

एमालेको राष्ट्रियता प्रतिको अडान र विकासको मोडेल मन परेर एमाले प्रवेश गरेको नारायणप्रसाद लोहोनीले बताए । फागुन सम्म एमालेले पार्टी प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले नवलपुरले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डेले बताए । सोही अवसरमा जनवर्गीय संगठनहरुले रक्तदान कार्यक्रम गरेका थिए ।

footer