kumari
stcnepal

कांग्रेस आफैं रणभुल्लामा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापति भएको साढे ३ वर्षपछि पार्टीका विभिन्न विभागहरु गठन गर्ने तयारी गरेका छन् । लामो समयसम्म पनि विभागहरु गठन गर्न नसकेको भन्दै उनको आलोचना हुँदै आएको छ । कांग्रेसले जागरण अभियान चलाएको र पार्टी संरचनाको अभाव जागरण अभियानमा देखएिपछि सभापति देउवाले अन्य संरचनासहित विभागहरु गठन गर्न पार्टीका नेताहरुसँग छलफल चलाएका छन् ।

पार्टीका विभिन्न विभागहरु गठन गर्ने क्रममा सभापति देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ४० प्रतिशतका आधारमा नाम दिन आग्रह समेत गरिसकेको पार्टी सूत्रले जनाएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको नयाँ विधान अनुसार विभागहरु गठन गर्ने प्रस्ताव गरेपनि पौडेलले त्यसलाई अस्वीकार गर्दै विभिन्न विभागहरु गठन गर्नुभन्दा महाधिवेशनका प्रक्रिया अघि बढाउन सभापतिलाई आग्रह गरेका छन् ।

कांग्रेसको महाधिवेशन आगामी चैत्रसम्ममा गरीसक्नुपर्ने हुन्छ । विधान अनुसार विशेष परिस्थितिमा एक वर्षसम्म थप गर्न सकिने प्रावधान भएकाले त्यसैलाई टेकेर सभापति देउवा आफ्नो कार्यकाल बढाउनका लागि परेको पौडेल समूहले दाबी गरेको छ । एक सूत्रका अनुसार एक वर्ष समय थपेपनि अहिले देखि नै महाधिवेशनका प्रक्रिया थाल्न केही नेताहरुले सभापतिलाई आग्रह गरेका छन् । विधानमा एक वर्ष अघि नै महाधिवेशनका प्रक्रिया थाल्नुपर्ने प्रावधान रहेको छ ।

एक नेताका अनुसार अहिले विभाग गठन गर्नुभन्दा दशैं र तिहारपछि तल्लो तहको अधिवेशन सुरु गर्ने तयारी गर्दा पार्टीलाई फाइदा पुग्ने बताएका छन् । देश संघीयतामा गएर त्यसै अनुरुप अभ्यास गराएर निर्वाचन समेत भईसकेको भएपनि कांग्रेस भन्ने पुरानै संरचनामा रहेको भन्दै आलोचना समेत हुँदै आएको छ । कांग्रेसको जागरण अभियान समेत कार्यकर्ताहरुले पार्टी संरचनामा केन्द्रले ध्यान नदिएको आरोप लगाएका थिए । कांग्रेसले जेष्ठ २५ गते पहिलो चरणको जागरण अभियान समाप्त गरेको र दोस्रो चरणको जागरण अभियान भाद्र असोजमा गर्ने निर्णय पहिला नै गरिसकेको छ ।

कांग्रेसको नयाँ विधानले केन्द्रमा २८ र प्रदेशमा २२ का दरले सातै प्रदेशमा गरि १ सय ८२ विभाग राख्ने परिकल्पना गरेको छ । विधान अनुसार केन्द्रमा एउटा विभागमा बढीमा ५१ जना सदस्य रहेका छन् । कांग्रेसले विभाग मात्र होइन, कांग्रेसमा भातृ संगठनहरु समेत व्यवस्थित गर्न सकेको छैन भने नेविसंघको कार्य समिति समेत गठन गर्न सकेको छैन । यसरी संगठनको प्रभाव प्रतिपक्षी दल आफैँमा रुमलिएको हुनाले उसले संसदमा प्रतिपक्षको भूमिका समेत निभाउन सकेको छैन ।

footer