kumari
stcnepal

तुलसीपुरको जुत्ता कारखानामा आगलागी हुँदा ५ जनाको निधन

रूपन्देही । बिहीबार रातिदेखि दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आगलागी भएपछि घरभित्रै परेका ५ जनाको मृत्यु भएको हो ।तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा भएको आगलागी भएको हो । आगो र धुँवाको रात तथा तापले समयमा उद्दार हुन नसक्दा उनीहरुको मृत्यु भएको हो ।

बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो देखेपछि बल्ल आगलागीबारे सूचना प्राप्त भएको थियो । घरधनी काठमाडौंमा बस्दै आएका छन् ।‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगलागीमा जलेर मृत्यु भएका ४ पुरूष र १ महिलाको शव निकाली अस्पतालमा पठाइएकाे इप्रका तुल्सीपुरका डिएसपी अर्यालले बताए ।

मुस्लिम थरका व्यक्तिले पसल संचालन गरे पनि घर ठूलाे भएकाले काे-काे हताहती भए खुलेकाे छैन । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ ।

footer