kumari
stcnepal

अहिलेकै अबस्थामा एमसीसीको समॅथन गनॅ सकिदैन : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको नेता नेपालले बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।’

सम्झौता मिति पर सार्दा उत्तम हुने उनको भनाई छ । ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ,’ उनले भने, ‘यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ ।’

सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी पारित गराउन दौडधुपमा लागेका छन् ।

 

footer