kumari
stcnepal

हङकङमा नेपाल एयरलाइन्स लाइ प्रतिबन्ध

हङकङले नेपाल एयरलाइन्स (एनएसी) सहित आठ देशमाथि फेरि हवाई प्रतिबन्ध घोषणा गरेको छ । पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने त्यहाँको हवाइ उड्ययन नियामकले जनाएको छ ।

नेपालबाट भएको उडानमा कोरोना संक्रमित भएपछि एनएसीले पटकपटक हङकङमा उडान प्रतिबन्ध भोग्ने गरेको छ ।

ime long ad

​समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका, बेलायत, नेपाल, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समाथि हङकङले हवाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लागेसँगै फागुन २० गतेसम्म यी देशका हवाई सेवाप्रदायक कम्पनीले हङकङमा उडान भर्न पाउने छैनन् ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै उडान प्रतिबन्ध लगाइएको हङकङले जनाएको छ । हाल त्यहाँको सरकारले ९० प्रतिशत उडान रद्द गरेको छ । बाँकी १० प्रतिशत उडान पनि अत्यावश्यक कामका लागि मात्रै भर्न दिएको छ ।

footer