kumari
stcnepal

माओवादी केन्द्रले एमसीसी बारे छलफल गर्न बैठक बोलायो

माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी बारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ ।

oil ad long

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।

footer