kumari
stcnepal

साल्ट ट्रेडिङको सह्रानिय कार्य

काठमाडौ । गत शुक्रबार असार २० गते साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो संस्थाका पूर्व अध्यक्ष एवं महाप्रबन्धक तथा कुशल व्यवस्थापक हेमबहादुर मल्लको नाममा स्थापित गरेको कुशल व्यवस्थापक पुरस्कार एक भव्य समारोहकाबीच प्रदान गरेको छ ।

साल्टटेडिङ्ग कर्पोरेशनद्वारा स्थापना गरिएको पुरस्कार छनोटको जिम्मा भने जनप्रशासन संघलाई दिइएको छ । उक्त संघलेनै पुरस्कार दिइने व्यक्तिहरुको छनोट गर्ने गरेको छ यसपाली २०७१ र २०७२ को हेमबहादुर मल्ल पुरस्कार पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डे र पूर्वसचिव एवं पूर्व राजदूत दामोदर गौतमलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु. दुई लाख रहेको छ ।

पुरस्कार छनोट समितिमा अर्थात जनप्रशासन संघमा पूर्व कर्मचारीहरु रहेका छन् । यस पटक संघले शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रमुख अतिथि बनाएर उनैको हातबाट पुरस्कार वितरण गरेको थियो । उक्त समारोहमा पूर्वमन्त्रीहरु, पूर्व राजदूतहरु, पूर्व विशिष्ठ कर्मचारीहरुलगायत साल्ट टेडिङ्ग कर्पोरेशनका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित रहेका व्यक्तिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।

साल्टले आफ्ना पूर्व अध्यक्ष तथा महाप्रबन्धकको नाममा स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष एक व्यक्तिलाई प्रदान गर्दै आएकोमा विगतका वर्षहरुमा केही कठिनाई उत्पन्न भएकाले वितरण गर्न सकेको थिएन । साल्टले पुरस्कारको स्थापा गरेपनि पुरस्कृत गर्ने व्यक्ति आफैँले छान्दैन । पुरस्कारको निस्पक्षताका लागि उसले जनप्रशासन संघलाई पुरस्कार प्रदान गर्ने व्यक्तिको छनोट गर्ने जिम्मा दिएर आफ्नो कर्तव्य र भूमिका निभाईरहेको छ ।

साल्टले सामाजिक दायित्व अन्र्तगत विभिन्न समूह र व्यक्तिहरुलाई पुरस्कार दिएर साल्टले गौरवमय इतिहासलाई कायम राख्दै आएको छ । आफ्नो कमाईबाट केही रकम छुट्याएर साल्टले सामाजिक दायित्व निभाईरहेकोमा अब अन्य संघ–संस्थाहरुले समेत त्यसैको अनुशरण गरी सामाजिक क्षेत्रमा उत्तरदायि भूमिका निभाउनुपर्ने आवश्यकता देखिन्छ ।

footer